२०८३ भदौ ३० , मंगलबार

हुम्लामा ताजाकोट गाउँपालिकाको मत गणना सम्पन्न, नेकपाको अग्रता



प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हिमाली जिल्ला हुम्लामा मतगणना जारी रहेको छ। अहिले  १२ बजेसम्म जिल्लाको ताजाकोट गाउँपालिकाकाका सबै मतदान केन्द्रको मतपरिणाम सार्वजनिक गरिएको छ।

प्राप्त विवरणअनुसार हालसम्म उक्त पालिकाका सबै मतदान केन्द्रमा खसेको २३७९ मतको मतगणना हुँदा २३३६ मत सदर र ४३ मत बदर भएको जनाइएको छ। हालसम्मको मतपरिणामअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार डा दिपेन्द्र रोकाया (तारा चिन्ह) ले १ हजार २७१ मत प्राप्त गर्दै अग्रता बनाएका छन्।

नेकपा एमालेका दल फडेराले ५५१, नेपाली कांग्रेसका जयपति रोकायाले ४१६, राष्ट्रिय स्वतन्त्र पार्टीका टासी ल्हाजोमले १८, राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले २ मत पाएका छन् । यता, नेपाली कम्युनिस्ट पार्टी माओवादीका कुम्भ बुढाले ७३ र प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले ५ मत प्राप्त गरेका छन् ।

ताजाकोट गाउँपालिकाको मत गणना सम्पन्न भएसँगै अदानचुली गाउँपालिकाको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।