२०८३ वैशाख ४ , शुक्रबार

चुनावका लागि कांग्रेसले खटायो प्रतिनिधि, कुन प्रदेशमा को ? (सूची)



नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका नेताहरूलाई प्रतिनिधिका रूपमा विभिन्न प्रदेशमा खटाएको छ।

उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको हो।

जिम्मेवारी पाएका नेताहरू आगामी एक महिनासम्म तोकिएको क्षेत्रमा खटिएर निर्वाचन अभियान सञ्चालन गर्ने कांग्रेसले जनाएको छ।

यसपटकको निर्वाचनमा उम्मेदवार नबनेका पदाधिकारीहरूलाई समेत निर्वाचन परिचालनमा सक्रिय रूपमा सहभागी गराउने निर्णय कांग्रेसले गरेको छ।

त्यसैगरी केन्द्रीय सदस्य, पूर्व पदाधिकारी तथा निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि निर्वाचन अभियानमा परिचालन गरेको छ ।

यहाँ हेर्नुहोस । 

प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार