२०८३ भदौ २९ , सोमबार

देशभरको मतदाता सूची सार्वजनिक, एक करोड ८९ लाखभन्दा बढी मतदाता



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम भएका छन्।

निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै मतदातासम्बन्धी विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई मतदाता सूचीमा समावेश गरिएको छ।

आयोगले सार्वजनिक गरेको अद्यावधिक मतदाता सूचीअनुसार सबैभन्दा धेरै मतदाता रामेछाप जिल्लामा रहेका छन्। रामेछापमा एक लाख ८७ हजार ९५२ मतदाता कायम छन् भने सबैभन्दा कम मतदाता मनाङ जिल्लामा रहेका छन्, जहाँ सात हजार मतदाता मात्र छन्।

सबैभन्दा धेरै मतदाता रहेको रामेछाप र सबैभन्दा कम मतदाता रहेको मनाङ जिल्लामा एउटै निर्वाचन क्षेत्र रहेको छ।

यहाँ हेर्नुहाेस । 

प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।