प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरीमा कर्णाली प्रदेशमा १८ हजार १६४ जनाको आवेदन परेको छ । निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशबाट १० हजार ७५२ जना माग भएको छ । माग भएको भन्दा ७ हजार ४१२ जनाको बढी आवेदन परेको हो ।

सुर्खेत जिल्लामा नेपाल प्रहरीबाट १ हजार ६२८ जना सशस्त्र प्रहरीमा २१२ जना कुल १ हजार ४० जना माग हुदाँ ४ हजार १२ जना नेपाल प्रहरी र २५० जना सशस्त्र प्रहरी गरी कुल ४ हजार ३७८ जनाको आवेदन परेको छ ।
यस्तै गरी दैलेख जिल्लामा १ हजार ३७८ जना नेपाल प्रहरी १७९ जना सशस्त्र प्रहरी गरी १ हजार ५५७ माग हुदाँ नेपाल प्रहरी तर्फ १ हजार ९४९ जना २ जना सशस्त्र प्रहरी गरी कुल १ हजार ९५१ जनाको आवेदन परेको छ ।
रुकुम पश्चिममा ५३ जना नेपाल प्रहरी र ९६ सशस्त्र प्रहरी कुल ९४९ को माग हुदाँ १ हजार ३०२ नेपाल प्रहरी, ११३ जना सशस्त्र प्रहरी गरी कुल १ हजार ४१५ आवेदनको परेको छ ।
जाजरकोट जिल्लामा ८८६ जना नेपाल प्रहरी र ९६ जना सशस्त्र प्रहरी गरी कुल ९८२ माग हुदाँ १ हजार ४१३ नेपाल प्रहरीमा र १७३ जना सशस्त्र प्रहरी कुल १ हजार ४१५ जनाको आवेदन परेको छ ।
कालिकोट जिल्लामा १ हजार १०२ नेपाल प्रहरी र ९६ जना सशस्त्र प्रहरीको कुल १ हजार १९८ जनाको मागमा १ हजार ३२० नेपाल प्रहरी र १६७ सशस्त्र प्रहरी गरी १ हजार ४८७ जनाको आवेदन परेको छ ।
सल्यान जिल्लामा १ हजार ३१० जना नेपाल प्रहरी र ९६ सशस्त्र प्रहरी गरी १ हजार ४०६ जनाको माग हुदाँ १ हजार ६९१ नेपाल प्रहरी र ११६ जना सशस्त्र प्रहरी गरी कुल १ हजार ६०८ जनाको आवेदन परेको छ ।
यस्तै गरी जुम्ला जिल्लामा ७ जना नेपाल प्रहरी र ९६ जना सश्स्त्र प्रहरी गरी कुल ९७४ जनाको माग छ । भने १ हजार १ जना नेपाल प्रहरी र ७६ जना सशस्त्र प्रहरी गरी कुल १ हजार ९४ जनाको आवेदन परेको छ ।
मुगु जिल्ला ५० नेपाल प्रहरी र ४६ जना सशस्त्र प्रहरी कुल ६२६ माग छ । भने १ हजार १८० जना नेपाल प्रहरी र १०९ जना सशस्त्र प्रहरी गरी १ हजार १ हजार २८९ जनाको आवेदन परेको छ ।
डोल्पा जिल्लामा ५७९ नेपाल प्रहरी र ४६ जना सशस्त्र प्रहरी गरी ६२५ जनाको निर्वाचन प्रहरीको माग छ । भने १ हजार १५ नेपाल प्रहरी र १२६ जना सशस्त्र प्रहरी गरी कुल १ हजार १४१ जनाको निर्वाचन प्रहरीमा आवेदन परेको छ ।
यस्तै गरी हुम्ला जिल्लामा ५४९ जना नेपाली प्रहरी र ४६ जना गरी कुल ५९५ जनाको निर्वाचन प्रहरी माग हुदाँ १ हजार २१६ जना नेपाल प्रहरीको निर्वाचन प्रहरीमा आवेदन परेको छ । भने सशस्त्र प्रहरीतर्फबाट आवेदन गरेको छैन ।
यसरी सुर्खेत जिल्लामा निर्वाचन प्रहरी माग भन्दा २ हजार ५३८ बढी र दैलेख जिल्लामा माग भन्दा ३९४ जना र जाजरकोटमा ६०४ जना निर्वाचन प्रहरी बढी आवेदन दिएका छन । भने यस्तै गरी रुकुम पश्चिम ४६६ जना बढी र सल्यानमा ४०१ बढी र कालिकोट जिल्लामा २८९ जना, जुम्ला जिल्लाबाट ९२० जना , निर्वाचन प्रहरी बढी आवेदन परेको छ । यस्तै गरी मुगु जिल्लाबाट ६६३ जना डोल्पा ५१६ जना र हुम्लाबाट ६२१ जना गरी कुल ७ हजार ४१२ जना निर्वाचन प्रहरी बढीले आवेदन दिएका छन ।











प्रतिक्रिया दिनुहोस्