हुम्लामा निशुल्क लोक सेवा कक्षा सञ्चालन भएको १२ दिनमै मनपरी रुपमा बन्द गरिएको छ । गत पुस १३ गते विधिवत रुपमा उद्घटन गरी सञ्चालन रहेको निशुल्क लोक सेवा कक्षा सामाजिक विकास हुम्लाले मनलाग्दी रुपमा सूचना जारी गदैँ बन्द गरिएको छ ।

सिमकोट ,नाम्खा,खार्पुनाथ गाउँपालिका एक गैहसरकारी संस्था आधार विकास नेपाल हुम्लाको आर्थिक सहयोग र सामाजिक विकास कार्यालय हुम्लाको प्राविधिक सहयोगमा सञ्चालन रहेको निशुल्क लोक सेवा कक्षा दुईसाता नपुग्दैँ सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख ईश्वर बहादुर सिहंले मनलाग्दीमा रुपमा बन्द गरेका छन ।
जिल्लामै निशुल्क लोक सेवा कक्षा सञ्चालन भएपछि हर्ष उल्लाशका साथ सुरु भएको कक्षामा पहिलो दिनमै १८२ जना विद्यार्थीहरु सहभागी देखिएका थिए । प्रशिक्षक प्रमुख भनिएका ईश्वरबहादुर सिहंले पुस २५ गते सूचना जारी गरेर आफु माघी तिहार मनाउन बझाङ पुगेपछि निशुल्क लोक सेवा कक्षा बन्द भएको छ ।
कक्षा कोठमै लोक सेवाका विद्यार्थीमाथी लठ्ठी चार्ज
निशुल्क लोक सेवा कक्षामा सहभागी विद्यार्थीहरुमाथी निशुल्क लोक सेवा कक्षाका प्रशिक्षक मानिएका सामाजिक विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख ईश्वरबहादुर सिहंले विद्यार्थीमाथि लठ्ठी चार्ज गर्न गरेको गुनासो आएको छ ।
सिहंले विद्याथीमाथि लाठ्ठी चार्ज गर्नथालेपछि उनको आलोचना बढेको छ । यता प्रशिक्षक सिहंलाई यस विषयमा बुझदा ‘फटाहा विद्यार्थी जसले कक्षाकोठामा हल्ला मात्रै गर्छन त्यस्ता विद्यार्थीहरुलाई लाठ्ठी चार्ज हुन पनि सक्छ उनले भने । यो गुनासो कसले गर्यो उसैलाई सोध्नु होला उनको तर्क छ । हाम्रो कक्षामा अनुशासन चाहिँ कडा छ , यो सत्य हो उनको भनाई छ ।’
तीन वटा पालिकाबाट आर्थिक सहयोग निशुल्क लोक सेवा कक्षा
सिमकोट गाउँपालिका , नाम्खा र खार्पुनाथ गाउँपालिकाको र आधार विकास नेपाल हुम्लाको आर्थिक सहयोगमा निशुल्क लोक सेवा कक्षा सञ्चालन भएको हो । तीन वटा गाउँपालिकाबाट २/२ लाख र आधार विकास कार्यालयबाट १ लाख ५० हजार मा ६ महिना निशुल्क लोक सेवा कक्षा सञ्चालन हुने निर्णय भएको छ ।
सिमकोट ,नाम्खा र खार्पुनाथ गाउँपालिकाले २ /२ लाख र आधार विकास हुम्लाले १ लाख ५० हजार दिने निर्णय भएको सिमकोट गाउँपालिकाको लेखापाल विशाल बोहराले जानकारी दिए । हुम्लामा निशुल्क प्रशिक्षक नहुदाँ जिल्लाका कार्यालय कर्मचारीहरुले लोक सेवा सम्बन्धि कक्षा लिने गरेका छन ।











प्रतिक्रिया दिनुहोस्