आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनीधी सभा सदस्य निर्वाचनमा कर्णालीबाट १३ जना महिला प्रतिस्थर्धी देखिएका छन । मंगलबार निर्वाचन कार्यतालिका अनुसार कर्णाली प्रदेशका १२ वटा निर्वाचन क्षेत्रबाट १३ जना महिलाहरुले मनोनयन दर्ता गरेका छन ।
हुम्ला जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट टासी ल्हान्जोम, जुम्ला जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट विनिता कठायतले मनोनयन दर्ता गरेक छन । भने यस्तै गरी दैलेख क्षेत्र नं १ मा नेपाली काँगेसबाट बास्ना थापा, आम जनता पार्टीबाट मेनका श्रेष्ठ, क्षेत्र नं २ राप्रपाबाट बबिता कुमारी शाही ,र आमा जनता पार्टीबाट तिर्थाकुमारी वंशी मगर बिकले मनोनयन दर्ता गरेका छन ।
यस्तै गरि सुर्खेत क्षेत्र २ मा तुल्सी खडका नेपाल मजदुर किसान पाटी , डोल्पाबाट जुनु भणडारीले मितेरी नेपाल र सल्यानबाट राष्ट्रिय जनमोर्चा पाटीमा कमला डागी, र रुकुम पश्चिमबाट प्रेमा दमाइले मनोनयन दर्ता गराएका छन ।











प्रतिक्रिया दिनुहोस्