
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फको उम्मेदवार बन्दसूची सार्वजनिक गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूची अनुसार कर्णाली प्रदेशबाट पाँच राजनीतिक दलका गरी ३८ जना उम्मेदवार समेटिएका छन्। कर्णाली भूगोलबाट जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का १० जना, नेपाली कांग्रेसका ९ जना, नेकपा एमालेका ६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ८ जना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५ जना समानुपातिक उम्मेदवार रहेका छन्।
नेपाली कांग्रेसको बन्दसूचीमा परेका कर्णालीका उम्मेदवार
१) ताराबहादुर लामा (पुरुष) – हुम्ला (पिछडिएको क्षेत्र)
२) सरस्वती श्रेष्ठ (महिला) – दैलेख
३) मानबहादुर नेपाली (पुरुष) – रुकुम (पश्चिम भाग)
४) भिम बहादुर विश्वकर्मा (तिरुवा) (पुरुष) – मुगु (पिछडिएको क्षेत्र)
५) हजारी नेपाली (महिला) – जाजरकोट (पिछडिएको क्षेत्र)
६) कालिबहादुर सहकारी (पुरुष) – कालिकोट
७) पार्वती कुमारी गिरी (महिला) – सुर्खेत
८) नबिना के.सी. (महिला) – जुम्ला
९) रमादेवी न्यौपाने (महिला) – डोल्पा
नेकपा एमालेको बन्दसूचीमा परेका कर्णालीका उम्मेदवार
१) यसुदाकुमारी बराल (महिला—खसआर्य)—कालिकोट
२) सत्यदेवी खड्का (महिला—खसआर्य)—दैलेख
३) गोरखबहादुर बोगटी (पुरुष—खसआर्य)—हुम्ला
४) लालबहादुर महतारा (पुरुष—खसआर्य)—जाजरकोट
५) दुर्गबहादुर शाही (पुरुष—खसआर्य)—कालिकोट
६) सोनाम छिरिङ लामा (आदिबासी)—मुगु (सुर्खेतबाट सुरुमा बन्दसूचीमा नाम परेका पुराना नेता बालराम शर्माले आफ्नो नाम फिर्ता लिएका थिए)
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
१) गंगा खड्का बोगटी—कालिकोट
२) रमेश कुमार आचार्य—सुर्खेत
३) कृष्णबहादुर बुढा—जाजरकोट
४) तिर्थबहादुर बुढा—जुम्ला
५) चिन्तामणी आचार्य—कालिकोट
६) झक्कुप्रसाद घर्ती—रुकुम पश्चिम
७) पार्वती विक—जाजरकोट
८) शारदा दमै—सल्यान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
१) प्रकाशबहादुर बोहोरा—दैलेख
२) पवन शाही—कालिकोट
३) प्रेमबहादुर बोहोरा—रुकुमपश्चिम
४) हिरालाल बादी—सुर्खेत
५) सीता बादी—सुर्खेत (यसअघि रुकुम पश्चिमकी सिर्जना ओली (सिज्जु) ले नाम फिर्ता लिएकी थिइन् भने हुम्लाकी टासी टासी ल्हान्जोमको नाम भूराजनीतिक कारण देखाउँदै पार्टीले हटाएको थियो। पछि जेनजी आन्दोलनमा घाइते भएका दैलेखका प्रकाश बोहोरालाई सूचीमा समावेश गरिएको हो।)
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)
१) तारा कुमारी पुन घर्ती (महिला) – रुकुम (पश्चिम भाग)
२) गंगा विक कामी (महिला) – रुकुम पश्चिम
३) गजाधर सुनार (पुरुष) – सल्यान
४) सुदास स्वर्णकार (पुरुष) – रुकुम (पश्चिम भाग)
५) जनक परियार (पुरुष) – रुकुम (पश्चिम)
६) चन्द्र बहादुर शाही (पुरुष) – कालिकोट
७) मिरा साह (महिला) – जाजरकोट (पिछडिएको क्षेत्र)
८) सरस्वती पाण्डे भट्टराई (महिला) – जुम्ला (पिछडिएको क्षेत्र)
९) मिरा कुमारी मल्ल (महिला) – मुगु (पिछडिएको क्षेत्र)
१०) प्रेमा शाही (महिला) – रुकुम (पश्चिम भाग)











प्रतिक्रिया दिनुहोस्