निर्वाचन आयोगले आजै राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने भएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुनले आज राति १२ बजेबाट आचारसंहिता प्रभावकारी हुने जानकारी दिइन्।
आयोगका अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। त्यसका लागि माघ ६ गते (मङ्गलबार) उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचन आचारसंहिता २०८२ तयार पारेर राजपत्रमा प्रकाशित गरिसकेको छ।
निर्वाचन आचारसंहिता कार्यान्वयनका विषयमा आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूसँग छलफल गरेका थिए।
आचारसंहिता लागू भएसँगै सरकार, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला निकायहरूले सोही अनुसार आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने आयोगले जनाएको छ।
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार











प्रतिक्रिया दिनुहोस्