२०८३ वैशाख ४ , शुक्रबार

प्रलोपा हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनमा २९ बर्षिय कार्कीको उम्मेदवारी



प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २९ वर्षीय जटिल कार्कीको एकल उम्मेदवारी परेको छ।

सर्केगाड गाउँपालिका–३ उनापानी निवासी कार्कीले शुक्रबार एक भिडियो सार्वजनिक गर्दै उम्मेदवार घोषणा गरेका हुन् ।

प्रलोपाका केन्द्रीय सदस्य समेत रहेका कार्की तत्कालिन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा केन्द्रीय उपमहासचिव समेत थिए।

जनार्दश शर्मा माओवादीबाट अलग भएसँगै कार्की पनि शर्मा पक्षमा लागेका हुन् ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार