२०८३ वैशाख ४ , शुक्रबार

तेस्रो दिन विशेष महाधिवेशनमा सहभागी भए कांग्रेस नेता हृदयराम थानी



नेपाली कांग्रेसका प्रभावशाली नेता हृदयराम थानी पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी भएका छन्।

आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको तेस्रो दिन उनी महाधिवेशनस्थलमा उपस्थित भएका हुन्।

महाधिवेशनमा सहभागिता जनाउँदै नेता थानीले पार्टीभित्र नीति र नेतृत्वमा आवश्यक परिवर्तनको पक्षमा आफू विशेष महाधिवेशनमा आएको बताए।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतसहित निर्वाचित थानी कर्णाली प्रदेशका प्रभावशाली नेताका रूपमा परिचित छन्। उनी कांग्रेस नेता शेखर कोइराला समूहका निकट नेता मानिन्छन्।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार