२०८३ साउन १२ , मंगलबार

अत्यधिक गर्मीका कारण भीमदत्तका विद्यालय १२ दिन बन्द



अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार असार ८ गतेदेखि १९ गतेसम्म लागू हुने गरी गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। उक्त बिदा विद्यालयको वार्षिक लामो बिदाबाट कट्टा हुने जनाइएको छ।

पछिल्ला दिनमा बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिनाइ हुन थालेको तथा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएपछि बालबालिकाको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बमले बताए।

नगरपालिकाले मौसमको अवस्था सामान्य भएपछि पूर्वनिर्धारित शैक्षिक तालिकाअनुसार विद्यालय सञ्चालन गरिने जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।