२०८३ भदौ २९ , सोमबार

डोल्पामा निर्वाचन रद्द गर्न माग गर्दै उजुरी



डोल्पाको काइके गाउँपालिका–४ र ५ को मतगणनाका क्रममा अर्धकट्टीसहितका मतपत्र फेला परेको भन्दै जिल्लाभरको निर्वाचन रद्द गर्न माग गर्दै उजुरी परेको छ ।

नेकपा एमाले, राप्रपा, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका हुन् ।

उनीहरूले निर्वाचनमा कर्मचारी संयन्त्रकै मिलेमतोमा गम्भीर अनियमितता भएको आरोप लगाएका छन् ।

यता मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यविधिअनुसार सर्वदलीय बैठकमार्फत विवाद समाधान गरिने बताएका छन् ।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।