२०८३ भदौ ३० , मंगलबार

रुकुम पश्चिममा जनार्दन शर्माको सुरुवाती अग्रता



प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुकुम पश्चिममा मतगणना सुरु भएसँगै प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन्।

केहीबेरअघि सुरु भएको मतगणनामा आठबिसकोट नगरपालिका–१ र ३ का कुल ९०२ मत गणना भइसक्दा शर्माले ४१२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका गोपाल शर्माले २८७ मत ल्याएका छन्।

त्यसैगरी नेपाली कांग्रेसका राजु केसीले ८८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ८२ मत पाएका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।