हिमाली जिल्ला हुम्लाका ५ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी भएका छ। भौगोलिक कठिनाइका कारण नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी शुक्रबार मतपेटिका सदरमुकामतर्फ ल्याइएको हो।

मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका दुई मतदान केन्द्र, सोही गाउँपालिका–४ चाला, चङ्खेली गाउँपालिका–५ नेक्पा र ताजाकोट गाउँपालिकाको मासपुर मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी भएका हुन् ।

लिमीको सुनखानी प्रावि हल्जी मतदान केन्द्रका मतपेटिका बिहीबार नै ढुवानी गरिएको थियो।
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार









