हुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना बेलुका ७ बजेर ४५ मिनेट देखि सुरु गर्ने निर्णय भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा मतगणना प्रक्रिया, व्यवस्थापन तथा सुरक्षाका विषयमा छलफल गर्दै बेलुका ७ बजेर ४५ मिनेट देखि मतगणना सुरु गर्ने सहमति गरिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए।
मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत भवनमा गरिने जनाएको छ।
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार









