२०८३ भदौ २८ , आइतबार

निर्वाचनअघि रास्वपालाई झट्का: कर्णालीका संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेत तथा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रकला विकले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

उनीहरूलाई कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुर्खेत पुगेर पार्टीमा स्वागत गरेका हुन्।

आसन्न निर्वाचनको मुखमै जिल्लाका कार्यवाहक सभापतिले नै पार्टी छाडेपछि रास्वपालाई सुर्खेतमा गम्भीर धक्का लागेको राजनीतिक वृत्तमा चर्चा गरिएको छ।

कांग्रेस प्रवेशका क्रममा संस्थापक महामन्त्री विकले भ्रष्टाचार अन्त्य र सुशासन स्थापना गर्ने उद्देश्यसहित गठन भएको पार्टी पछिल्लो समय आन्तरिक रूपमा अपारदर्शी बन्दै गएको आरोप लगाइन्।

उनका अनुसार पार्टीभित्र उम्मेदवार चयन प्रक्रियासँग सम्बन्धित आर्थिक विवरणसमेत स्पष्ट हुन सकेको छैन। ‘अर्ली इलेक्सनका लागि उठाइएको ५० हजार रुपैयाँ र प्रत्यक्ष निर्वाचनका लागि लिइएको २५ हजार रुपैयाँको लेखाजोखा न प्रदेश समितिले दिन सकेको छ, न जिल्ला समितिले नै। यसको वास्तविकता अझै बुझ्न सकिएको छैन,’ उनले भनिन्।

नेताद्वय बस्नेत र विकले देशमा राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्यमान्यता र विकासको एजेन्डा अघि बढाउन रास्वपा असंक्षम देखिएकाले समयमै सचेत हुनुपर्ने बताए।

उनीहरूलाई पार्टीमा स्वागत गर्दै कांग्रेस उपसभापति शर्माले लोकतन्त्र सुदृढीकरण तथा जनताका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।