सुर्खेत– क्षेत्र नम्बर–२ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सुर्खेत-२ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मङ्गलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूबाट उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उम्मेदवारी दर्ता गर्नेहरूमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट झकबहादुर मल्ल, नेपाली कांग्रेसबाट नारायणकुमार कोइराला र नेकपा (एमाले)बाट कुलमणि देवकोटाले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविराम पुरी, उज्यालो नेपाल पार्टीबाट गम्भीरसिंह भुल, नेपाल मजदुर किसान पार्टीबाट तुल्छी खड्का, जनता समाजवादी पार्टी नेपालबाट दीपबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट धर्मराज देवकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पवन थापा मगर तथा राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाहीले पनि उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट प्रेमबहादुर तारामी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेशकुमार सापकोटा, श्रम संस्कृति पार्टीबाट राजेन्द्र रामजाली र नेपाल जनसेवा पार्टीबाट हृदयन्द्र अधिकारी उम्मेदवार बनेका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा रमेश परियार, कृष्ण खत्री र उदीराम चुनाराले पनि उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।









