२०८३ भदौ २९ , सोमबार

सुर्खेत–१ मा ठूला–साना दलका १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा



सुर्खेत क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मङ्गलबार विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्नेहरूमा नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काका भाइ विष्णु खड्का, नेकपा (एमाले)बाट ध्रुवकुमार शाही र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जीतबहादुर रानाले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टेकबहादुर सिंह ठकुरी चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रविकिरण हमाल, नेपाल मजदुर किसान पार्टीबाट गजबहादुर खप्तडी, नेकपा माओवादीबाट हिरु शाही तथा राष्ट्रिय जनमोर्चाबाट मोहन थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीबाट वीरबहादुर राना, आम जनता पार्टीबाट रेशम सेञ्चुरी, जनता समाजवादी पार्टी नेपालबाट धनसिंह सार्की, उज्यालो नेपाल पार्टीबाट ठम्मरबहादुर विष्ट र मितेरी नेपालबाट प्रकाश बुढा मगरले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।