२०८३ भदौ २८ , आइतबार

सुर्खेत–२ मा प्रतिनिधिसभा निर्वाचनः उनेपाका गम्भीर सिंह भूलको मनोनयन दर्ता



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उज्यालो नेपाल पार्टी (उनेपा)का नेता गम्भीर सिंह भूलले सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट मनोनयन दर्ता गराएका छन्।

निर्वाचन कार्यतालिकाअनुसार भूलले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

भूल पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा यसअघि नेकपा, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टीले मनोनयन दर्ता गरिसकेका छन्।

यस्तै, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले पनि उम्मेदवारी दर्ताको तयारी गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।