प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा हालसम्म १० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न राजनीतिक दलका उम्मेदवारसहित तीन जना स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ।
मनोनयन दर्ता गर्ने दलहरूमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) रहेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका नेता कुलमणि देवकोटाले निर्वाचन कार्यतालिकाअनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ का मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन्।
यस्तै, नेकपाका झक्कबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा, उज्यालो नेपाल पार्टीका गम्भीर सिंह भूल, विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट धर्मराज देवकोटा, नेकपा संयुक्तबाट प्रेमबहादुर तारामी थापामगर तथा मितेरी पार्टी नेपालका प्रकाश बुढामगरले पनि उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, रमेश परियार, कृष्ण खत्री र उदिराम चुनाराले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन्।









