२०८३ असोज १ , बिहीबार

नेपाल राष्ट्रिय माविमा गरिब तथा जेहेन्दार ५० विद्यार्थीलाई स्विटर र झोला वितरण



सुर्खेतको चौकुने गाउँपालिका–२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५२औँ वार्षिकोत्सवको अवसरमा ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्विटर र झोला वितरण गरिएको छ।

कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेश प्रमुख किशोर थापाले भने, ‘गरिब र जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लाग्यो। शिक्षा सबैको पहुँचमा हुनुपर्छ भन्ने हाम्रो विश्वास छ र हामी भविष्यमा पनि यस्ता सहयोगलाई निरन्तरता दिनेछौं।’

विद्यालयका प्रधानाध्यापक लाल बहादुर थापाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण हुनुले उनीहरूको मनोबल बढ्नुका साथै अध्ययनप्रति थप प्रेरणा मिल्ने बताए। उनले शिक्षा क्षेत्रमा निजी क्षेत्रको सहकार्य अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति, अभिभावक र जनप्रतिनिधिकोसमेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।