२०८३ असोज २ , शुक्रबार

जनज्योति नमुना विद्यालयको विपद् प्रतिकार्य योजना निर्माणमा छलफल



सुर्खेतको लेकबेसी नगरपालिकाको जनज्योति नमुना माध्यमिक विद्यालयको विपद् प्रतिकार्य योजना निर्माण गर्न कार्यशाला सम्पन्न भएको छ ।

कारखाना समूहअन्तर्गत सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन कार्यक्रमको सहयोगमा कर्णाली सिकाइ समूहको सदस्य आवाज संस्थाले  आयोजना गरेको थियो ।

कार्यक्रममा जिवनज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक तीर्थप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेकबेसी नगरपालिका–४ का वडा अध्यक्ष लोकन्द्र थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा विद्यालयमा सम्भावित विपद् जोखिम, विपद् प्रतिकार्य योजना तथा विद्यालय सेवा क्षेत्र भित्र रहेका जोखिमकोहरुको पहिचान र स्तरीकरणबारे कर्णाली सिकाई समुहका सदस्य तपेन्द्र सावदले जानकारी दिएका थिए ।

साथै सामुदायिक जोखिम नक्साङ्कन  गर्दै सेवा प्रदायक निकायको नोक्साङ्कन र सुरक्षित स्थानको पहिचान समेत गरिएको थियो। कार्यक्रमको सहजीकरण

कर्णाली सिकाई समूहका सदस्य सावदले गरेका थिए ।

कार्यक्रममा प्रधानाध्यापक पौडेलले विद्यालयमा विपद् प्रतिकार्य योजना आवश्यक रहेको बताउँदै विद्यालय सेवा क्षेत्रभित्र विद्यार्थीहरू विभिन्न जोखिममा रहेको उल्लेख गरे।

जोखिम न्यूनीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

त्यस्तै प्रमुख अतिथि वडा अध्यक्ष लोकन्द्र थापाले विद्यालयस्तरमै विपद् जोखिमको पहिचान र प्रतिकार्य योजना निर्माण हुनु सकारात्मक पहल भएको उनको भनाई थियो ।

विद्यालय सुरक्षित भए मात्र विद्यार्थीको सिकाइ प्रभावकारी हुने उल्लेख गर्दै सडक दुर्घटना, आगलागी र भूकम्पजस्ता जोखिमबाट बालबालिकालाई जोगाउन पूर्वतयारी, अभ्यास तथा समुदायको सहकार्य अनिवार्य रहेको अध्यक्ष थापाले बताए।

कार्यक्रममा शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य , बिधार्थी बालक्लवका सदस्य तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।