२०८३ भदौ २८ , आइतबार

खार्पुनाथ–लालीको जिर्ण गोरेटो बाटो स्थानीय युवाको पहलमा मर्मत



हुम्लाको खार्पुनाथ गाउँपालिका–१ अन्तर्गत कर्णाली करिडोरको लालीबगर मसानघाटदेखि गोप्का–देउखुरी गाउँ जोड्ने मुख्य गोरेटो बाटो स्थानीय युवा खेम खड्काको पहलमा मर्मत तथा सुधार गरिएको छ।

विगत दुई–तीन वर्षदेखि अत्यन्त जिर्ण अवस्थामा रहेको उक्त बाटोका कारण गोप्का र देउखुरी गाउँका बासिन्दालाई लालीबगरस्थित कर्णाली करिडोर हुँदै गाउँ आवतजावत गर्न निकै सास्ती भोग्नुपरेको थियो।

पैदल यात्रुका साथै घोडा–खच्चरसमेत आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएपछि बाटो मर्मतका लागि पहल गरिएको खड्काले जानकारी दिए।

स्थानीयको गुनासो तथा देउखुरी गाउँका गुरूचन्द्र भट्टराईको विशेष पहलपछि खड्काको नेतृत्वमा बाटो मर्मत कार्य अघि बढाइएको हो।

मर्मत कार्यमा केही व्यक्तिगत खर्चका साथै गोप्का गाउँबाट १५ जना, देउखुरी गाउँबाट १३ जना र लाली गाउँबाट ३ जना गरी जम्मा ३१ जनाले श्रमदान गरेका थिए। उक्त श्रमदानबाट शुक्रबार बाटो मर्मत सम्पन्न गरिएको हो।

बाटो सुधारपछि गोप्का र देउखुरी गाउँका सर्वसाधारणलाई आवतजावत सहज, सुरक्षित र छिटो हुने विश्वास लिइएको छ।

विशेषगरी गाउँमा कसैको मृत्यु भएपश्चात लालीबगरस्थित मसानघाटसम्म मलामी आवतजावत गर्नसमेत अब धेरै सहज हुने खड्काले जानकरी दिए ।

प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।