२०८३ भदौ २९ , सोमबार

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् नगर्न शिवालय गाउँपालिकाको आग्रह



शिवालय गाउँपालिकाले आफ्ना क्षेत्रभित्रका खोलानालाबाट ढुङ्गा, गिट्टी, बालुवा लगायत नदिजन्य पदार्थ उत्खनन्, ओसारपसार र बिक्री वितरण नगर्न आग्रह गरेको छ । गाउँपालिकाले आइतवार सूचना जारी गर्दै हाल पालिकाभित्रका खोलानालाहरुमा ढुङ्गा, गिट्टी, बालुवा लगायत नदिजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरणका लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन अद्यावधिक गर्ने कार्य भइरहेको जनाएको छ ।

प्रतिवेदन तयार भएपछि मात्र सो कार्य कानूनी प्रक्रिया अन्तर्गत अघि बढाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले जानकारी दिए । उनले कुनै पनि व्यक्ति, निर्माण व्यवसायी वा संस्थाले पालिकाको अनुमति बिना अवैध रूपमा उत्खनन् तथा ओसारपसार गरेमा कानून अनुसार दण्ड, जरिवाना र कारबाही गरिने चेतावनी समेत दिए ।

प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।