सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा छोराले आमामाथि कुटपिट गर्दा आमाको मृत्यु भएको छ।
कात्तिक १४ गते बिहान करिब ७ बजेतिर सो टोलका अन्दाजी ३० वर्षका कबिराम बस्नेतले आफ्नी आमा अन्दाजी ५० वर्षीया धनिकला बस्नेतलाई घरमै सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरेका थिए।
गम्भीर घाइते भएकी धनिकलालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालगाउँ पठाइएको थियो। तर, बिहान करिब ८:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका आरोपी छोरा कबिराम बस्नेतलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको छ। हाल उनलाई प्रहरी नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार









