
मदन पुरस्कार–२०८१ का लागि पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले २०८१ मा प्रकाशित भएकामध्येबाट ७ वटा पुस्तकको श्रेष्ठ सूची मंगलबार सार्वजनिक गरेको हो ।
उक्त् सूचीमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो, कुमारी लामाको दज्र्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालाम, श्रेयज सुवेदीको बहुरुपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत) तथा तीर्थ गुरुङको हिउँको गीत कृति रहेका छन् ।

प्राप्त भएका २९९ पुस्तकमध्येबाट ७ पुस्तक छनोट गरिएको गुठीले जनाएको छ । अब यीमध्येबाट एउटा पुस्तक÷कृतिले २०८१ को मदन पुरस्कार प्राप्त गर्नेछ ।
२०८० को मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदान कृतिलाई प्रदान गरिएको थियो । त्यतिबेला श्रेष्ठ सूचीमा पाँच कृति परेका थिए ।
प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार











