२०८३ भदौ ३१ , बुधबार

संघीय खानेपानी कार्यालय सुर्खेत सार्ने निर्णयको विरोधमा जुम्लामा तालाबन्दी



संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाबाट सुर्खेत सार्ने निर्णयविरुद्ध जुम्लामा तालाबन्दी गरिएको छ।

खानेपानी मन्त्रालयको असार २५ गतेको परिपत्रअनुसार साउन १ देखि कार्यालय सुर्खेतबाट सञ्चालन हुने जानकारी पाएपछि बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारलाई माग गरेको हो।

बैठकमा सहभागी सरोकारवाला, नागरिक समाज, युवाहरू र जनप्रतिनिधिहरूले कार्यालय सारिँदा घौलिगाड वृहत खानेपानी आयोजना लगायत २० बढी आयोजना प्रभावित हुने भन्दै विरोध जनाएका छन्।

उनीहरूले संघीयता र सकारात्मक विभेदको सिद्धान्त विपरीत सुर्खेत केन्द्रित नीति नआउन आग्रह गरेका छन्।

बैठकले निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।