शीतल भण्डारी
गजल – तिमी बिना
तिमी बिना आज यो मन किन शून्य भयो,
तिम्रो याद आउँदा आज नयन किन रोयो ।
सपनीमा बिताएको झल्को अझै पनि आउँछ,
जिन्दगीको गीत अधुरो कुनै धुन जस्तै भयो।
हिँड्नुपर्ने बाटो छुट्यो, तिमी झनै पर गयौ,
मनको शान्ति कहाँ, कहाँ हृदय त बर्बाद भयो।
तिमी सँग हाँसेका ती पलहरू सम्झिएर
एक्लो रातमा यो मन किन यति रुने भयो।
फर्किएर आउन तिमी, यो मन भन्छ अझै,पनि
तिमी बिना जिन्दगी किन यति कठिन भयो।
प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार









