
सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘माया बस्यो’ सार्वजनिक भएको छ । सरगम घतानको शब्द रहेको गीतमा योगेश काजी शाहको सङ्गीत तथा एरेन्ज छ ।
भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय रहेको छ । प्रेमिल जोडीको प्रेम ब्यक्त गरिएको भिडियोमा प्रेमकथा देखाइएको छ । भिडियोमा कोरियोग्राफी रोशन विश्वकर्माको छ ।
भिडियोको निर्देशन मोडल कथा कलाकार नीराजन प्रधानले गरेका हुन् । अर्जुन तिवारीको डिओपी रहेको भिडियो सम्पादन प्रवीन श्रेष्ठले गरेको हुन् ।
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार








