सुर्खेत प्रहरीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो करिब १ः३० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर–३ मुलपानी चोकबाट बर्ष २१ का चक्र बहादुर शाहीलाई पक्राउ गरेको हो।

शाहीलाई शंका लागेपछि प्रहरीले चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ २३ पुडिया फेला पारेको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।उक्त लागु पर्दार्थ नापतौल गर्दा शुद्ध तौल ८०० मिलिग्राम रहेको प्रहरीले बताए ।
पक्राउ परेका शाहीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमै राखिएको छ।
प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार











प्रतिक्रिया दिनुहोस्