सुर्खेतमा संचालित लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर–७ स्थित लोकसेवा आयोग कार्यालयमा सञ्चार/इन्जिनियर प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा सट्टामा परीक्षा दिन आएका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
प्रवेशपत्र र नागरिकतामा फोटो बदली परीक्षामा सहभागी भएका उनीहरूलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मोहनजंग बुढाथापाले बताए ।
प्रहरीले पक्राउ परेकामध्ये दुईजनाको विवरण सार्वजनिक गरेको छ ।
जाजरकोट छेडागाड नगरपालिका–१२ का धर्मराज चनराको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका–७ सामाकोटका २५ वर्षीय श्याम शंकर सिंह र दैलेख भगवतीमाई गाउँपालिका–५ का सुशिल शाहीको सट्टामा परीक्षा दिन आएका सोही गाउँपालिका–७ का २० वर्षीय भरत तिरुवा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेकाहरूमाथि लिखत तथा किर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
बाँकी दुईजनाको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्