सुर्खेत प्रहरीले राजश्व छली गरी ल्याइएका बिना बिल–बिजकका सामानसहित एक ई–भि गाडी नियन्त्रणमा लिएको छ।
साउन २८ गते साँझ करिब ६ बजे प्राप्त गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–११ शुब्बाकुना सडक खण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा बा।प्र।०३–००१ ज।०६७६ नम्बरको ई–भि गाडी नियन्त्रणमा लिएको हो।

गाडी वीरेन्द्रनगर–१० का बालकृष्ण खड्काले चलाइरहेका थिए। गाडीमा यात्रु नभई मात्र सामान लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद सामानमा २० केजीका ६ बोरा पास्ता, पानी पुरी बनाउन प्रयोग हुने ३० केजीका १९ बोरा चिनी, ५० थान चोसो पेय पदार्थ , २४ थान मिक्स जुस, २० प्याकेट काजु लगायत सामग्री रहेका छन्।

समान र गाडीसहितको अनुमानित मूल्य रु ४१ लाख १४ हजार ८८० रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक र बरामद सामानलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, कोहलपुर–बाँके पठाइएको छ ।











प्रतिक्रिया दिनुहोस्