२०८३ वैशाख ८ , मंगलबार

समाज जागरण केन्द्र स्याक नेपाल ३१ औँ वर्षमा प्रवेश




समाज जागरण केन्द्र स्याक नेपालले ३० वर्ष पुरा गरी ३१ औँ वर्षमा प्रवेश गरेको छ।

संस्थाले समाज रूपान्तरणका लागि विभिन्न कार्यक्रममार्फत एक अर्ब १९ करोड रुपैयाँ खर्च गरेको कार्यकारी निर्देशक टिकाराम आचार्यले बुधवार पत्रकार सम्मेलनमा जानकारी दिए।

गत आर्थिक वर्ष २०८१/०८२ मा २० करोड १८ लाख ४२ हजार ९६६ रुपैयाँ खर्च गर्दै सुर्खेतका ६ स्थानीय तहका २० स्वास्थ्य संस्थामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा, तालिम, क्षमता विकास र गुणस्तर अनुगमन कार्यहरू सञ्चालन गरिएको छ। ९ संस्थालाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको रूपमा प्रमाणित गरिएको छ।

कर्णाली प्रदेशका २२ स्थानीय तहमा शिक्षा क्षेत्र योजना निर्माणमा सहयोग गरिएको छ भने कुल ३१२ विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धनको लागि सहयोग गरिएको छ।

लघु उद्यम र व्यावसायिक तालिममार्फत १४४ उद्यमी मासिक औसत १५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

वराहताल गाउँपालिकामा अपाङ्गता विवरण तयार भई कार्यान्वयन भइरहेको छ, बालबालिकालाई बाल अनुदान कोषबाट सहयोग पुगेको छ र ३ हजार ८ सय २५ जनाले सुरक्षित शौचालय उपयोग गरिरहेका छन्।

संस्थाले आन्तरिक तथा विभिन्न कार्यक्रममार्फत जम्मा ५७ हजार १ सय ८४ जनालाई प्रत्यक्ष लाभान्वित भएका छन् ।

संस्थाले नमुना गाउँ  कार्यक्रम अन्तर्गत वडा र स्थानीय समुदायको सहकार्यमा ७४ घरधुरीमा स्वास्थ्य, शिक्षा, पानी, सरसफाइ र बालबालिका विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार