२०८३ वैशाख ८ , मंगलबार

जुम्लामा पहिरोले नाग्मा–गमगडी सडक अवरुद्ध




जुम्लाको  हिमा गाउँपालिका–७ बागबजारस्थित नाग्मा–गमगडी सडक खण्डमा सोमबार बिहान करिब ८ बजे पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा रोकिएको छ।

सडकभन्दा माथिल्लो भागबाट आएको पहिरोले सडक पूरै बन्द भएपछि यातायात ठप्प भएको हो।

नेपाल प्रहरीले सडक विभाग र स्थानीय बासिन्दासँग सहकार्य गर्दै पहिरो पन्छाउने कार्य तीव्र पारिएको जनाएको छ।

प्रहरीका अनुसार, प्रभावित यात्रु तथा चालकका लागि वैकल्पिक व्यवस्था मिलाउने प्रयास भइरहेको छ।

मौसम अनुकूल भए समयमा सडक पुनः सञ्चालन हुने  अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार