२०८३ वैशाख ६ , आइतबार

सुर्खेतमा होटल कर्मचारी कुटपिट आरोपमा एक जना पक्राउ



सुर्खेतको वीरेन्द्रनगरमा एक होटल कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले आइतबार राति वीरेन्द्रनगर–१ का विनोद गिरीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

गिरीले शनिबार वीरेन्द्रनगर–१० स्थित भिजिट कर्णाली रिसोर्टका एक कर्मचारीमाथि खुकुरी र मुक्का प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाका अनुसार गिरी आपराधिक पृष्ठभूमिमा मुछिएको प्रहरीले जनाएको छ ।

उनीमाथि २०७० देखि हालसम्म डाँकाचोरी, ज्यान मार्ने उद्योग र सार्वजनिक अपराधसम्बन्धी थुप्रै मुद्दा दर्ता भएका छन्।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार