२०८३ कात्तिक १२ , बुधबार

एनपीएलको टिकट मूल्य सार्वजनिक, हेर्न न्यूनतम ५०० शुल्क



नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक गरेको छ।

क्यानले लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ निर्धारण गरेको छ।

यस्तै, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ १ हजार रुपैयाँ र प्रिमियमतर्फ २ हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ।

क्यानका अनुसार तेस्रो संस्करणको एनपीएलका टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ।

एनपीएलको तेस्रो संस्करणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ। प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

प्रकाशित मिति : २०८३ कात्तिक ८ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।