२०८३ असोज १० , शनिबार

बराहताल कांग्रेस सभापतिमा पालिका अध्यक्ष भीमबहादुर भण्डारी पुनः निर्विरोध चयन



नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहका अधिवेशन तथा नेतृत्व चयन सम्पन्न भएसँगै बराहताल गाउँपालिकाको सभापतिमा भीमबहादुर भण्डारी पुनः निर्विरोध निर्वाचित भएका छन्। भण्डारी बराहताल गाउँपालिकाका वर्तमान अध्यक्षसमेत हुन्।

सहमति र सहकार्यका आधारमा गाउँपालिका तहको नेतृत्व चयन भएपछि नेपाली कांग्रेस सुर्खेतका जिल्ला उपसभापति टोपबहादुर रावतले नवनिर्वाचित सभापति भण्डारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

उपसभापति रावतले पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई थप मजबुत बनाउँदै संगठनलाई जनतामाझ प्रभावकारी रूपमा अघि बढाउन नवनिर्वाचित नेतृत्वको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार

1 प्रतिक्रिया

  • Ganesh September 23, 2026

    हार्दिक बधाई, नेता ज्यू! 🎉💐

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।