दैलेखको दुल्लु नगरपालिका–१० निवासी १९ वर्षीय चेतनसिंहको उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिएको छ।

रोजगारीका सिलसिलामा भारत पुगेका चेतनलाई बिजुलीको करेन्ट लागेर गम्भीर चोट लागेको परिवारले जनाएको छ। प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई सुर्खेत ल्याइएको हो।
चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनलाई काठमाडौँस्थित बोन केयर हस्पिटल, कीर्तिपुर लैजानुपर्ने अवस्था रहेको बताइएको छ। तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन कठिनाइ भएको छ।
यसैबीच, सहयोगी दाताहरूबाट सङ्कलन भएको ७ हजार ५ सय रुपैयाँ चेतनको उपचारका लागि पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।
चेतनको उपचारका लागि आवश्यक रकम संकलन गर्न परिवार तथा शुभेच्छुकहरूले आर्थिक सहयोगको अपिल गरेका छन्।
प्रकाशित मिति : २०८३ असार २४ गते बुधबार









