लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।
= 
कुल बजेटमध्ये २२ अर्ब ७१ करोड ६५ लाख रुपैयाँ पुँजीगत र ११ अर्ब ११ करोड २७ लाख रुपैयाँ चालुतर्फ विनियोजन गरिएको छ। यो बजेट गत वर्षको तुलनामा करिब १ अर्ब ५२ करोड रुपैयाँले कम हो।
प्रदेश सरकारले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार तथा आर्थिक उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ। उद्यम विकास कोष स्थापना गरी स्टार्टअप तथा नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिने भएको छ भने मदिराजन्य तथा सुर्तीजन्य उद्योगबाहेक अन्य उद्योग स्थापना गर्ने उद्यमीलाई पूर्ण छुट दिने व्यवस्था गरिएको छ।
शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ तथा स्थानीय तहका अनुदान कार्यक्रमका लागि पनि उल्लेख्य बजेट विनियोजन गरिएको छ। साथै, बहुवर्षीय आयोजनाहरू सम्पन्न गर्न ४ अर्ब रुपैयाँ र प्रदेश गौरवको रामपुर–कपुरकोट सडक निर्माणका लागि २१ करोड रुपैयाँ छुट्याइएको छ।
यस्तै, बहुवर्षीय आयोजनाहरू सम्पन्न गर्न ४ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ भने प्रदेश सरकारले निर्माण गरेका सडकहरूको छुट्टै पहिचान स्थापित गर्ने व्यवस्था पनि बजेटमा समेटिएको छ।
पूर्णपाठ










प्रतिक्रिया दिनुहोस्