सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ तल्लोबजारस्थित एक घरबाट ठूलो परिमाणमा सुन तथा भारतीय रुपैयाँ बरामद भएको छ।
प्रहरीका अनुसार श्याम सुन्दर अग्रवालको घरबाट करिब एक क्विन्टल सुन र ७० लाख भारतीय रुपैयाँ नगद फेला परेको हो। बरामद गरिएको सुन र नगद चार वटा बोरामा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि प्रदेश प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ। बरामद गरिएको सुन तथा नगदको स्रोत, यसको वैधानिकता र यससँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यस घटनासम्बन्धी थप विवरण संकलन तथा अनुसन्धान जारी रहेको र विस्तृत जानकारी केही समयपछि सार्वजनिक गरिने सुर्खेत प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार










प्रतिक्रिया दिनुहोस्