२०८३ साउन १२ , मंगलबार

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ



सुर्खेतको बराहताल गाउँपालिका–४ बाट अवैध भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट तरंगा र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको टोलीले स्थानीय ५३ वर्षीय शेर बहादुर रानालाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका रानामाथि हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।