कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र पत्रकार संघ नेपालको सुर्खेत शाखा गठन गरिएको छ।

संघको केन्द्रीय समितिले चैत्र १ गते सुर्खेतमा तदर्थ समिति गठन गर्दै शाखा विस्तार गरेको हो।
तदर्थ समितिको अध्यक्षमा रमेश कुमार पाण्डे चयन भएका छन्। उपाध्यक्षमा अक्वर खान, सचिवमा मानबहादुर वली, सहसचिवमा रमा केसी र कोषाध्यक्षमा नविन सुवेदी रहेका छन्। सदस्यहरूमा खिम बुढा, जगत सापकोटा, सन्तोष भण्डारी र नवराज रोकाया छन्।
कार्यक्रममा वक्ताहरूले कर्णालीमा चलचित्र पत्रकारिता र चलचित्र निर्माणको राम्रो सम्भावना रहेको बताउँदै शाखालाई सक्रिय भएर काम गर्न आग्रह गरेका छन्।
सुर्खेतमा शाखा गठन भएसँगै कर्णालीमा चलचित्र पत्रकारितासम्बन्धी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार











प्रतिक्रिया दिनुहोस्