२०८३ वैशाख ६ , आइतबार

ग्यास सिलिन्डर होल्डिङ्ग गरे कारबाही हुने : सुर्खेत प्रशासनको चेतावनी



सुर्खेत जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजारमा खाना पकाउने ग्यास कृत्रिम अभाव गराउने उद्देश्यले सिलिन्डर होल्डिङ्ग नगर्न व्यापारीलाई चेतावनी दिएको छ।

उपभोक्ताबाट ग्यास अभाव हुन थालेको तथा केही व्यापारीले सहज आपूर्ति नगरी सिलिन्डर होल्डिङ्ग गरेर राखेको गुनासो बढेपछि प्रशासनले शुक्रबार सूचना जारी गर्दै यस्तो कार्य नगर्न आग्रह गरेको हो।

प्रशासनले बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) तथा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सम्बन्धित निकाय र व्यवसायीलाई कडा निर्देशन समेत दिएको छ।

जारी सूचनामा कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ्ग गरेको, तोकिएको मूल्यभन्दा बढी मूल्यमा ग्यास वा पेट्रोलियम पदार्थ बिक्री गरेको वा नयाँ सिलिन्डरको अनाधिकृत बजारीकरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार