२०८३ जेठ १९ , मंगलबार

कर्णालीका ११ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कांग्रेस-नेकपा बराबरीमा



कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

१० जिल्लामा रहेका १२ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रको नतिजा घोषणा भइसकेको हो।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सार्वजनिक अन्तिम परिणामअनुसार कर्णालीमा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ४/४ सिट जितेका छन्।

यस्तै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक–एक सिटमा विजय हासिल गरेका छन्।

नेपाली कांग्रेसबाट सुर्खेत–१ मा विष्णुबहादुर खड्का, दैलेख–१ मा बासना थापा, जाजरकोटमा खडकबहादुर बुढा र हुम्लामा जयपति रोकाय विजयी भएका छन्।

नेकपाबाट रुकुम पश्चिममा गोपाल शर्मा, सल्यानमा रमेशकुमार मल्ल, डोल्पामा धनबहादुर बुढा र कालीकोटमा महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।

नेकपा एमालेले दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेललाई जिताउँदै एक मात्र सिट सुरक्षित गरेको छ।

त्यस्तै सुर्खेत–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा र जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही विजयी भएका छन्।

मुगुमा भने मतगणना जारी रहेको छ। प्रारम्भिक मतपरिणामअनुसार मुगुमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ।

प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार