हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६५ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रारम्भिक तथ्यांकमा २२ हजार ४६७ मत खसेको हो।

मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार मतदान गर्नेमा ११ हजार ४०९ पुरुष र ११ हजार ५८ महिला रहेका छन्। जिल्लामा १८ हजार २१ पुरुष र १६ हजार ३ सय ५१ महिला गरी कुल ३४ हजार ३ सय ७२ मतदाता रहेका थिए।
केही मतदान केन्द्रमा सामान्य छिटफुट धाँधलीको सूचना आए पनि अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको अधिकृत बरालले जानकारी दिए।
नाम्खा गाउँपालिकाको सुनखानी आधारभूत विद्यालय हल्जी मतदान केन्द्र सहित सदरमुकाम नजिकका ४ गरि ५वटा मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइसकिएको छ भने बाँकी केन्द्रबाट मतपेटिका शुक्रबारसम्म आइपुग्ने जनाइएको छ।
प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार






