कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

आइतबार सम्पन्न मतदानमा दुई दलबीच बनेको गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाही र मिनासिंह रखाल निर्वाचित भएका हुन्।
कांग्रेसका ललितजंग शाही अन्य क्लस्टरबाट उम्मेदवार बनेका थिए। उनले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मतभार प्राप्त गर्दै विजयी भए।
उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बुद्धिप्रसाद शर्माले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५० मतभार प्राप्त गरी पराजित भए।
यस्तै, महिला क्लस्टरबाट उम्मेदवार बनेकी नेकपा एमालेकी मिनासिंह रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ ९३ मतभार प्राप्त गर्दै विजयी भइन्।
उनकी प्रतिद्वन्द्वी नेकपाकी अञ्जु महतारा शाहीले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मतभार प्राप्त गरी पराजित भइन्।
निर्वाचनमा प्रदेशसभातर्फ ३९ जना र स्थानीय तहका १५२ जना मतदाताले मतदानमा सहभागिता जनाएका थिए।











प्रतिक्रिया दिनुहोस्