२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेत–२ मा प्रतिनिधिसभा निर्वाचनः रास्वपाका रमेश कुमार सापकोटाको मनोनयन दर्ता



आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश कुमार सापकोटाले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन कार्यतालिकाअनुसार सापकोटाले सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

उनले पार्टीका नेता तथा कार्यकर्तासहित प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए।

सापकोटा पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्। दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा अन्य राजनीतिक दलहरूले पनि मनोनयन दर्ता गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार