२०८३ वैशाख ४ , शुक्रबार

सर्वाधिक मत पाएका विष्णु रिजाल पन्छाउँदै एमालेले दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेललाई टिकट



नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाएका नेतालाई पाखा लगाएको छ।

उम्मेदवार सिफारिसका क्रममा भएको आन्तरिक मतदानमा सबैभन्दा बढी मत प्राप्त गरेका केन्द्रीय सदस्य विष्णु रिजाल उम्मेदवार बन्नबाट बञ्चित भएका छन्।

रिजाल दैलेख क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका आकांक्षी थिए।

शनिबार बसेको एमाले सचिवालय बैठकले दैलेख–२ बाट लक्ष्मी प्रसाद पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

यसअघि दैलेख–२ मा क्षेत्रीय कमिटीले मतदानमार्फत् उम्मेदवार सिफारिस गरेको थियो।

आन्तरिक प्रतिस्पर्धामा रिजालले ६७ मत प्राप्त गरी पहिलो स्थानमा सिफारिस भए पनि ६६ मत ल्याएका पोखरेललाई टिकट दिइएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार