मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा मंसिर १५ र १६ गते वीरेन्द्रनगर, सुर्खेतमा प्रथम अभ्यास अदालत प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिताको इजलासमा ग्र्याजुएट स्कूल अफ ल का डीन प्रा. डा. विनोद वश्याल, परीक्षा व्यवस्थापन प्रमुख तथा संस्थापक कार्यक्रम निर्देशक सहप्रा. डा. अर्जुनबहादुर अयडी, र उच्च अदालत सुर्खेतकी अधिकृत निशा फुयालले न्यायाधीशका रूपमा मूल्याङ्कन गरेकी थिइन ।
मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ ल मा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएको प्रतियोगितामा ११ समूह बीच प्रतिस्पर्धा भएको थियो। जसमा समुह एफएसयु १११ विजेता बनेको छ भने समुह एफएसयु ११५ उपविजेता भएको छ।

तृतीय स्थान समुह एफएसयु ११९ ले हात पार्यो भने समुह एफएसयु १२४ ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रमको उत्कृष्ट वक्ता सञ्जु विश्वकर्मा र उत्कृष्ट बहस नोट समुह एफएसयु १२१ घोषित भएको थियो ।
कार्यक्रममा जिल्ला अदालत सुर्खेतका माननीय न्यायाधीश बसन्तराज जोशीले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा ग्र्याजुएट स्कूल अफ ल का डीन प्रा. डा. बस्याल, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, विश्वविद्यालयका प्राध्यापक तथा अधिकृतहरूको उपस्थित रहेको थिए।
कार्यक्रम स्ववियु कोषाध्यक्ष लोकप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन दिपेन्द्र कुमार बि.सीले गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्