२०८३ वैशाख १० , बिहीबार

कर्णाली सिकाइ समूहको हरित विद्यालय अभिमुखीकरण सम्पन्न



सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली सिकाइ समूहका लागि हरित विद्यालय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कारखाना समूहको आयोजना र वन्यजन्तु संरक्षण नेपालको सहआयोजनामा आयोजित एक दिने कार्यक्रममा विद्यालयलाई हरित विद्यालय बनाउन आवश्यक उपायहरूबारे अभिमुखीकरण प्रदान गरिएको थियो ।

कार्यक्रममा हरियाली प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन, पानी तथा सरसफाइ, ऊर्जा–मैत्री विद्यालय निर्माण तथा इको क्लबको प्रभावकारी सञ्चालन जस्ता मुख्य पक्षहरू विषयवस्तुका रूपमा समेटिएका थिए ।

विद्यालय स्तरमै वातावरण संरक्षणसम्बन्धी व्यवहारिक क्रियाकलाप अवलम्बन गर्न सकिए विद्यार्थी दीर्घकालीन रूपमा संरक्षणका सचेत वाहक बन्न सक्ने भएकाले हरित विद्यालय अवधारणा अत्यन्त महत्वपूर्ण रहेको वन्यजन्तु संरक्षण नेपालकी कार्यकारी निर्देशक सञ्जीवनी यञ्जनले बताइन् ।

नेपाल सरकारले २०७५ मा जारी गरेको ‘हरित विद्यालय कार्यान्वयन निर्देशिका’ ले शैक्षिक संस्थामा हरियाली विस्तार, प्रदूषण न्युनिकरण र दिगो विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेकाले कार्यक्रमले सिकाइ समूहका सदस्यलाई उक्त अवधारणा विद्यालयमै कार्यान्वयन गर्न थप सक्षम बनाएको आयोजकहरूले बताएका छन् ।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार